आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम स्कटल्यान्ड जादै

spot_img

काठमाडौँ । स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दै छ ।

टी-२० सिरिजका लागि स्कटल्यान्ड जाने टोलीको नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै बिदाइ गरेको छ ।

नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

टी-२० सिरिजका लागि  रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी,  कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी जादैछन् ।

त्यस्तै टी-२०आई सिरिजका लागि किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम स्कटल्यान्ड प्रस्थान गर्नेछन् ।

सम्बन्धित समाचार

ताजा समाचार