विराट कोहलीले लिए टेष्ट क्रिकेटबाट सन्न्यास

spot_img

काठमाडौँ । भारतीय स्टार क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।

कोहलीले लेखेका छन्,’टेस्ट क्रिकेटमा पहिलोपटक ब्यागी ब्लू जर्सी लगाएको पनि १४ वर्ष भइसकेछ। साँच्निकै भन्नुपर्दा मैले कहिल्यै सोचेको थिइनँ कि यो फर्म्याटले मलाई यति लामो यात्रामा डुलाउनेछ। यसले मलाई जीवनभर काम लाग्ने पाठहरू सिकाएको छ।’

कोहलीले यसअघि नै टी-२० बाट संन्यास लिएका थिए । अब उनी भारतका लागि एकदिवसीय खेलमा मात्र खेल्नेछन् ।

कप्तानका रूपमा उनले ६८ टेस्टमा टोलीको नेतृत्व गरेका थिए । उनी भारतका सबैभन्दा सफल टेस्ट कप्तानहरूमध्ये एक हुन्।

सम्बन्धित समाचार

ताजा समाचार