एल क्लासिको: जितसँगै बार्सिलोना ला लिगा उपाधि नजिक

spot_img

काठमाडौँ ।  स्पेनिस क्लब बार्सिलोना ला लिगा उपाधि नजिक पुगेकाे छ । आइतबार राति भएको रोमाञ्चक एल क्लासिकोमा रियल म्याड्रिडलाई ४–३ गाेलले पराजित गर्दै बार्सिलोना ला लिगा उपाधि नजिक पुगेकाे हाे ।

लुइस कम्पनीस ओलम्पिक स्टेडियममा भएको खेलमा रियल म्याड्रिड स्टार किलियन एमबाप्पेले खेलको पाँचौं र १४औं मिनेटमा दुई गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए । तर, घरेलु मैदानमा बार्सिलोनाका एरिक गार्सियाले १९ औँ मिनेटमा र लामिन यामालले ३२ औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा पुर्‍याए । खेलमा उल्लेखनीय पुनरागमन गर्दै राफिन्हाले ३४ औं र ४५ औं मिनेटमा २ गोल गरेपछि बासिर्लाेनाले पहिलो हाफमै ४–२ को अग्रता लियो ।

७०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे पनि, बार्सिलोनाले अग्रता जोगाउँदै खेल जित्यो । यो जितसँगै बार्सिलोना अब लिग तालिकामा रियल म्याड्रिडभन्दा ७ अंकले अगाडि छ ।

तीन खेल मात्र बाँकी रहदा, यदि बार्सिलोनाले आगामी खेलमा एस्पान्योललाई पराजित गर्न सकेमा ला लिगा उपाधि सुनिश्चित गर्नेछन् ।

यो सिजनमा बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध चारवटै एल क्लासिको जितेको छ, जसमा सुपर कप, कोपा डेल रे, र ला लिगा खेलहरू समावेश छन् । यी चार खेलमा बार्सिलोनाले कुल १६ गोल गरेको छ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार