काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको चुनावमा कांग्रेसले वर्तमान सभापति (शेरबहादुर देउवा)को हस्ताक्षरमा चुनाव नलड्ने बताएका छन् । उनले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउने र उसकै हस्ताक्षरमा कांग्रेसले चुनाव लड्ने बताएका छन् ।
उनले अब कांग्रेसमा विशेष महाधिवेशनको विकल्प नभएको पनि जिकिर गरेका छन् । थापाले नयाँ सभापति चुनेर आयोगमा अहिले पेस गरिएको देउवाको हस्ताक्षर फेर्ने पनि बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि कांग्रेसले सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा दल दर्ता गराएको छ ।


