रियल मड्रिड रंगशालामा प्रधानमन्त्रीले फहराए ७ नम्वरकाे ‘केपी ओली’ लेखिएको जर्सी

spot_img

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउकाे भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका हुन् । सान्टियागो पुगेर उनले ७ नम्वरकाे ‘केपी ओली’ लेखिएको जर्सी पनि फहराएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले स्पेन भ्रमणको जानकारी संसदमा गराउँदा आफूले रियल मड्रिडका अधिकारीहरूलाई भेट्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे मड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजना हुने विशेष कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ । आजै राति एक सातादेखिको औपचारिक भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार