प्रि-बजेट छलफल: कुन पार्टीले कति समय पाए ?

spot_img

काठमाडौं । प्रतिनिधि सभाले प्रि-बजेट छलफलका निम्ति ४ दिनसम्म १८ घण्टा छलफल गर्नेगरी समय निर्धारण गरेको छ ।

बैशाख ३०, ३१ र जेठ १ र २ गते गरी चार दिन छलफल हुनेछ । पहिलो दिन बैशाख ३० गते ४ घण्टा, ३१ गते (भोलि) ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा छलफल हुनेछ ।

यसमा नेपाली कांग्रेस र नेकपा एमालेलाई ५/५ घण्टा समय पाएका छन् ।

माओवादी केन्द्रले २ घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १ घण्टा २२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५० मिनेट पाएका छन् ।

त्यस्तै, एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट समय पाएका छन् । यसैगरी, जनता समाजवादी नेपालले २० मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट समय पाएका छन् । नेपाल मजदुर किसान पार्टी राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले ५/५ मिनेट समय पाएका छन् ।  दुई जना स्वतन्त्र सांसदले पनि ५/५ मिनेट पाएका छन् ।

हाल सरकारलाई समर्थन गरेका ७ दलले १२ घण्टाभन्दा बढी ७६० मिनेट समय पाएका छन् । प्रतिपक्षमा रहेका दलले ६ घण्टा भन्दा केही कम ३२३ मिनेट  पाएका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार