काठमाडौँ । भारत–पाकिस्तान द्धन्दका कारण समस्यामा परी सहयाेग चाहिएका पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क राख्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।
शुक्रबार विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार सचेत रहेको र समस्यामा परेकाले पाकिस्तानस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको हो ।
मन्त्रालयले सम्पर्क व्यक्ति, सम्पर्क नम्वर र इमेल ठेगाना विज्ञप्तीमा उल्लेख गरेकाे छ । वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुद इस्लामावादस्थित दूतावासको सम्पर्क व्यक्ति रहेको पनि जानकारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार सदनमा सरकारको ध्यानाकर्षण गराउँदै पाकिस्तानमा आफ्नो सम्पर्कमा आएका ८० जना नेपाली विद्यार्थीहरूलाई यथाशीघ्र उद्धार गर्न आग्रह गरेको थियो ।
भारतको कश्चिमरस्थित पहलगाम आक्रमणमा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएपछि त्यसको बदला लिन भारतले ‘अप्रेसन सिन्दूर’ सञ्चालन गरेपछि पाकिस्तानले त्यसको जबाफ दिइरहँदा दुवैतर्फ तनाव बढेको हो।
पाकिस्तानको सीमा क्षेत्रमा रहेका भारतका नेपाली विद्यार्थीहरू पनि उद्धारको प्रतीक्षामा छन् ।


