नागरिक उन्मुक्ति पार्टीकाे सरकार छाड्ने चेतावनी

नागरिक उन्मुक्ति पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य सांसद लालवीर चौधरीले रेशम चौधरीको पक्राउबारे प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ नदिएमा सरकार छाड्ने चेतावनी दिएका छन् ।

spot_img

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको पक्राउबारे सरकारले सदनमा आएर जवाफ नदिएमा सरकार छाड्ने चेतावनी दिएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नागरिक उन्मुक्ति पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य सांसद लालवीर चौधरीले यस्तो चेतावनी दिएका हुन् ।

रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरे ।

अदालतबाट पक्राउ गर्ने भनेर काटिएको पुर्जीलाई फर्जी भनिएको उल्लेख गर्दै उनले भने, ‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ । यतिबेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिनु भएन भनेदेखि हामी सरकार छोड्न बाध्य हुन्छौं ।’

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार