काठमाडौँ । नेपालमा पछिल्लो एकहप्तामा कम्तीमा सातजनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा भने एक जनामा कोरोना पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएकाे छ ।
सबै संक्रमित काभ्रेकाे रहेकाे खुलेकाे छ । उनीहरूलाई धुलिखेलमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको हो ।
यद्यपि उनीहरूलाई देखिएको भाइरस नयाँ भेरियन्ट हो वा पुरानो भेरियन्ट भन्नेबारे जानकारी आउन बाकी छ ।
भारतलगायत छिमेकी मुलुकहरूमा कोरोना भाइरस फैलिरहेका बेला स्वास्थ्य मन्त्रालयले सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको जानकारी दिएकाे छ।
पछिल्लो समय कोरोना भाइरससम्बन्धी चेकजाँच बढाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।

