काठमाडाैँ । इन्डोनेसियाको बालीमा डुंगा पल्टिँदा ४ जनाको मृत्यु भएको छ भने ३२ जना हराइरहेका छन् ।
बुधबार राती केएमपी टुना प्राटामा जया नामको डुंगा बाली र जाभा टापुको बीचमा रहेको साँघुरो जलमार्गमा पल्टिएर डुबेको हो ।
बन्दरगाहबाट ५० किलोमिटर टाढा बालीको गिलिमानुक बन्दरगाहतर्फ जाँदै थियोडुंगा प्रस्थान गरेको करिब आधा घण्टामै डुबेको त्यहाँको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीलाई उद्धृत गरेर सिएनएनले जनाएको छ ।
डुंगामा ५३ यात्रु, १२ चालक दलका सदस्य थिए । जसमध्ये २९ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये पनि धेरैजना घण्टौंसम्म पानीमा बग्दा बेहोस अवस्थामा फेला परेका थिए । खोजीका लागि ९ वटा डुंगा, दुइटा टगबोट र इन्फ्लेटेबल बोट परिचालन गरिएको छ ।

