काठमाडौं । राेयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षपछि आइपिएल जितेको खुसियाली मनाउने क्रममा भागदौड हुँदा कम्तिमा दश जनाको मृत्यु भएको छ ।
खुसीयाली मनाउने क्रममा भागदौड हुँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै दर्जनाै घाइते भएकाे हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।
कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) ले आयोजना गरेको टोलीको सम्मान कार्यक्रमका लागि एम चिन्नास्वामी स्टेडियम नजिक भीड जम्मा भएपछि यो भागदौड सुरु भएको हो ।
स्टेडियम नजिकका केही बेंगलुरु मेट्रो स्टेशनमा पनि रेलबाट ओर्लिएर भर्याङतर्फ लागिरहेका मानिसहरूको ठूलो भीड देखिएको थियो ।
कर्नाटक सरकारले सुरक्षाको कारण देखाउँदै स्टेडियमसम्म हुने भनिएको विजय जुलुस रद्द गरेको थियो ।
प्रहरीले मंगलबार रातिदेखि नै उत्सव मनाइरहेको भीडलाई नियन्त्रणमा लिइरहेको बताएको छ ।

