अन्तर्राष्ट्रिय जगत्मा मुलुकको प्रतिष्ठा उच्च भएको सरकारको निष्कर्ष

spot_img

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको छवि र प्रतिष्ठा थप उच्च बनाएको सरकारले जनाएको छ।

प्रधानमन्त्री बालेन शाह राष्ट्रसङ्घीय महासभामा सहभागी भई शनिबार स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले भ्रमणबारे विस्तृत जानकारी गराएका हुन्। मन्त्रालयले महासभामा नेपालको सहभागिता अत्यन्तै सक्रिय, प्रभावकारी र सफल रहेको बताएको छ।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशीमा आएको बाढीको उदाहरण दिँदै जलवायु परिवर्तन नेपालका लागि ठूलो मानवीय र विकासको आपत्काल बनेकोतर्फ विश्वसमुदायको ध्यानाकर्षण गराएका थिए। उनले जलवायु सङ्कटको सामना गर्न ‘हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम’ स्थापना, जोखिमयुक्त हिमतालहरूको निगरानी, पूर्वसूचना प्रणालीको आधुनिकीकरण र सीमापार सहकार्यको विशेष प्रस्ताव अघि सारेका थिए।

त्यसैगरी, कार्बन उत्सर्जनमा ठूलो भूमिका खेल्ने धनी तथा विकसित मुलुकहरूले थप जिम्मेवारी लिनुपर्ने जोड दिँदै प्रधानमन्त्री शाहले ‘हानि तथा नोक्सानी कोष’ लगायतका जलवायु वित्तीय संयन्त्रहरूबाट अनुदानमा आधारित स्रोत सहज रूपमा उपलब्ध हुनुपर्ने माग राखेका थिए।

सम्बन्धित समाचार

ताजा समाचार