सुनको मूल्यमा भारी गिरावट: एक सातामै ३६ हजार रुपैयाँले घट्यो

spot_img

नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १,६०० रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन (सोमबार) सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो एक सातालाई हेर्ने हो भने सुनको भाउमा अभूतपूर्व गिरावट आएको देखिन्छ। गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आजसम्म आइपुग्दा कुल ३६ हजार रुपैयाँले सस्तिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीको सिधा प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ।

सुनको मूल्य घटे पनि आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ। यद्यपि, चाँदी पनि पछिल्लो एक सातामा ८३० रुपैयाँले घटिसकेको छ। गत मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँ रहेको थियो।

सम्बन्धित समाचार

ताजा समाचार