तनहुँमा यसवर्ष साढे ४५ करोडको सुन्तला बिक्री

spot_img

तनहुँका सुन्तला उत्पादक किसानहरूले यसवर्ष सुन्तला बिक्रीबाट साढे ४५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। अनुकूल मौसम र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगका कारण उत्पादन बढेपछि जिल्लाको आम्दानीमा वृद्धि भएको हो।

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यसवर्ष जिल्लाभरबाट करिब ४५ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको छ। गत आर्थिक वर्षमा जिल्लाले ४२ करोड ५० लाखको सुन्तला बिक्री गरेको थियो, जसमा यसवर्ष करिब ३ करोडले वृद्धि भएको देखिएको छ। जिल्लाको १,६७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा ९७७ हेक्टरबाट फल उत्पादन भएको कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार