नेपाली बजारमा आज (२०८२ माघ २१ गते, बुधबार) सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिन मंगलबारको तुलनामा तोलामा १४ हजार ४०० रुपैयाँले बढी हो। मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६०० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ५ हजार डलर नाघेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो।

