नेपाली बजारमा केही दिनदेखि लगातार नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यमा आज ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको हो।
बिहीबार सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र डलरको विनिमय दरमा भएको परिवर्तनका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन्।
पछिल्लो समय सुनको भाउ आकाशिएपछि बजारमा सुनको मागमा समेत कमी आएको थियो। आजको यो गिरावटले उपभोक्ताहरूलाई केही राहत मिल्ने अनुमान गरिएको छ।

