नेपाली कांग्रेसका पूर्व सांसदहरूले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटलाई शीघ्र अगाडि बढाउन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रधानन्यायाधीशलाई भेट्दै उनीहरूले मुलुकमा उत्पन्न संवैधानिक जटिलता समाधानका लागि अदालतको फैसला ढिलो हुन नहुनेमा जोड दिए। पूर्व सचेतक श्यामकुमार घिमिरेसहितको टोलीले संसद् पुनर्स्थापना नै वर्तमान राजनीतिक निकासको एक मात्र विकल्प भएको दाबी गरेको छ।

