सुनको मुल्यले दिनहुँ नयाँ रेकड बनाउदै

spot_img

लगातार बढिरहेको सुनको मूल्य मंगलबार (माघ १३) पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ३०० रुपैयाँले बढेको हो ।

अब सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।

सोमबार  प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार