चुनावी अभियानका लागि आज नेपालगञ्ज पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहको स्वागतका क्रममा एक अप्रत्याशित दुर्घटना भएको छ।
विमानस्थल नजिकै समर्थकहरूको भिडमा रहेको एउटा गुडिरहेको गाडीबाट खस्दा ५ जना समर्थकहरू घाइते भएका छन्।विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूले भरिएको एक गाडीको पछाडिको भाग ढाला बाट सन्तुलन गुमाउँदा केही व्यक्तिहरू सडकमा बजारिन पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घाइते हुनेहरूमा ४ देखि ५ जना रहेका छन्। घटना लगत्तै प्रहरी र उपस्थित अन्य समर्थकहरूले उनीहरूलाई उद्धार गरेका थिए।

