आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै झापा क्षेत्र नं। ५ मा चुनावी उत्साह थपिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका नेता बालेन्द्र शाह बालेन की पत्नी सविना काफ्ले आज झापाका विभिन्न स्थानमा घरदैलो अभियानमा सहभागी छिन् ।
घरदैलो र जनसंवाद आज सोमबार बिहान ८ बजेदेखि दमक नगरपालिका वडा नं ९ स्थित उराव बस्तीबाट सविना काफ्लेको नेतृत्वमा घरदैलो कार्यक्रम सुरु भएको थियो। रास्वपाका कार्यकर्ता र स्थानीय समर्थकहरूको उल्लेख्य सहभागिता रहेको उक्त अभियानका क्रममा उहाँले मतदाताका घर घरमा पुगेर बालेनका एजेन्डा र पार्टीको योजनाबारे जानकारी गराएकी थिइन् ।
चुनावी सरगर्मी र सुरक्षा बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरिरहेको यस क्षेत्रमा सविनाको उपस्थितिले चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।
निर्वाचन नजिकिँदै गर्दा झापामा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ। बालेन र ओली दुवै हेभीवेट उम्मेदवार भएकाले यस क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ।

