फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि चुनावी माहोल तातिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन शाहले आज काठमाडौंका उम्मेदवारहरूसँग विशेष भेटघाट र छलफल गरेका छन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका बालेनले आज आइतबार काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारहरूसँग भेट गरी चुनावी एजेन्डा र रणनीतिबारे छलफल गरेका हुन्।
बालेनले काठमाडौंका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूलाई जिताउन एकीकृत अभियान चलाउने योजना बनाएका छन्।

