नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
सुनको भाउमा आज एकैदिन ९ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ।
आज सुन तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ २ लाख ९२ हजार २ सय रुपैयाँ थियो ।यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदी तोलामा एकैदिन २ सय ७० रुपैयाँले बढेर तोलाको ६ हजार १ सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

