अमेरिकाले एकैदिन ९१ जना नेपालीलाई डिपोर्ट गर्यो

spot_img

अमेरिकाले एकैदिन डिपोर्ट गरेका ९१ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

अमेरिकाले उनीहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याएर छाडेको हो । डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएपछि यसअघि एकैदिन यति ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरिएको थिएन ।अध्यागमन अधिकृत भण्डारीका अनुसार अमेरिकाबाट डिपोर्ट भएका ९१ जना नेपाली सोमबार (माघ ५) गते काठमाडौं आइपुगेका थिए ।

यसअघि अमेरिकाले डिपोर्ट गरी पठाएका ७५ जना नेपाली पुस ३ गते काठमाडौं आइपुगेका थिए । उनीहरूलाई पनि अमेरिकाले चार्टर विमानमा राखी पठाएको थियो । गत भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो । सो दिन अमेरिकाले चाटर्ड विमान राखेर ३७ जना नेपालीलाई पठाएको थियो । प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार