सरकारले सामाजिक सञ्जालको दुरुपयोगमा निगरानी बढाउने

spot_img

सरकारले निर्वाचनका दौरान सामाजिक सञ्जालको प्रयोगमार्फत् हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने भएको छ ।

आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ ।बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ मा हुने निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गरेको छ ।

निर्वाचनको प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न  र  निगरानीलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ । बैठकले सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको भेटिएमा कडाइका साथ कारबाही गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार