धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् ।
२०७९ को चुनावमा स्वतन्त्र उम्मेद्वार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन् ।

