‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ आज १३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै

spot_img

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ आज १३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै छ । विभिन्न युवा संस्थाको आयोजनामा १३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार