बाक्लो कुहिरो र हुस्सुले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध

spot_img

बाक्लो कुहिरो र हुस्सुका कारण नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ ।

सडक विभागको आयोजना निर्देशनालयले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । केही दिनदेखि लागेको बाक्लो कुहिरो र हुस्सुका कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो ।

नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्ड तर्फ दाउन्ने देखी दुम्कीबास जङ्गलसम्म करिब पन्ध्र सय सवारी साधनको जाम लागेको जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार