रास्वपाको समानुपातिक उमेरदवारको बन्द सुचीमा कलाकारहरुको लर्को लागेको छ ।
गायक तथा अभिनेता प्रकाश सपूत, गायिका त्रिशला गुरुङ, अभिनेता तथा रियालिटी शो प्रस्तोता आशिफ शाह, नायिका तथा रियालिटी शो प्रस्तोता रिमा विश्वकर्मा र गायिका सत्यकला राईलाई रास्वपाले बन्दसूचीमा राख्दै समानुपातिक उमेदवार बनाएको छ । आशिफ मुस्लिम, सत्यकला जनजाति तथा प्रकाश र रिमा दलितको क्लस्टरमा रहेको बन्दसूचीमा उल्लेख छ । त्रिशला जनजाति क्लस्टरमा छिन् ।
यता पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्।रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीअनुसार उनलाई आदिवासी जनजाती महिला क्लस्टरमा राखिएको छ।

