राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ ।घिसिङलाई पार्टीको उपसभापति बनाउनेगरी सहमति भएको हो ।
त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ । पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो ।
रवि र बालेनबीच सहमति भएपछि कुलमानलाई पनि सहमतिमा ल्याउन वार्ता र संवाद जारी थियो । जसमा सोमबार सहमति जुटेको हो ।
रवि, बालेन र कुलमानलाई एकै ठाउँमा उभिनका लागि सुधन गुरुङलगायत जेनजी अगुवाहरूले दबाब दिँदै आएका थिए ।

