रास्वपाका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच मध्यरातसम्म वार्ता भएको छ । मध्यरातसम्म भएको एकता वार्ता सफल भने हुन सकेन । रवि, बालेन र कुलमानबीच एकताको प्रयासमा केही दिन अगाडिदेखि नै हुँदै आएको थियो ।
वार्तामा कुलमानले पार्टीको नाम उज्यालो नेपाल र चुनाव चिह्न चिम नै हुनुपर्ने अडान राखेका थिए । रविले पनि पार्टी सभापतिमा कार्यकारी अधिकार रहनुपर्ने बताएका थिए । आज पनि सहमतिको प्रयास जारी राखिने जनाइएको छ ।
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले निर्वाचन आयोगमा आज बन्दसूची बु्झाउँदै छ । आइतबार बिहान एउटै पार्टीबाट निर्वाचनमा जाने सहमति गरेका रवि लामिछाने र बालेन शाहले आज रास्वपाको तर्फबाट बन्दसूची बुझाउँदै छन् ।

