समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन,नयाँ तथा पुराना दलहरुको बन्दसूची पेस गर्ने तयारी

spot_img

समानुपातिकतर्फको बन्दसूची पेस गर्न निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमा आज सकिँदै छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।

कांग्रेससँगै एमाले, नेकपा, रास्वपालगायत राजनीतिक दलले आज बन्दसूची पेस गर्ने तयारी गरेका छन् । कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ नयाँलाई अवसर दिने बताएको छ ।

नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।

नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची आज बुझाउने तयारी गरेको छ ।नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उमेदवारलाई यस पटक समेट्ने नेता गुरुङले बताए ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार