काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा विहिवार वैकल्पिक शक्तिहरूसँग छलफल गरेका छन् ।
बालेन’ आफ्ना सहयोगी कुमार बेनको घरमा बिहान करिब ८ बजेदेखि साझँ सम्म छलफलमा व्यस्त रहेका थिए । बालेनले ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू, कांग्रेस नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बमसहित जेनजी प्रतिनिधिलगायतसँग भेट गरेका हुन् ।
कुलमान र रवि लामिछानेसँग फेरी वार्ताको तयारी रहेपनि कहाँ र कहिले तय हुन बाकी रहेको जनाइएको छ ।

