जाँचबुझ आयोगमा काठमाडौंमा तत्कालीन प्रमुख जिल्ला अधिकारीकाे बयान हुँदै

spot_img

कााठमाडाैँ । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग तीन दिन देखी जाँचबुझ आयोगले बयान लिइरहेको छ । जेन–जी आन्दोलनमा भएको बल प्रयोग र त्यसमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे उहाँसँग बयान भइरहेको हो ।

आयोगले उनलाई अनुमतीविना काठमाडौं उपत्यका नछाड्न आदेश दिँदै उनको पासपोर्ट समेत रोक्का राख्न सिफारिस गरेको थियो ।

माइतीघरबाट शुरु  भएको प्रदर्शन बानेश्वर पुगेर संसद भवन प्रवेश गर्न खोजेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले गाेली हान्ने आदेश दिएका थिए ।

आन्दोलनलगत्तै नयाँ सरकार गठन हुनासाथ रिजाललाई सरकारले काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट हटाएको थियो । उनी अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा छन् ।

जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको तोडफोडबारे जाँचबुझ गर्न गठन भएको हाे ।

सम्बन्धित समाचार

ताजा समाचार