भारतको केन्द्रीय बैंकले नेपालमा १०० रुपैयाँभन्दा माथिका नोट प्रयोगमा लगाएको प्रतिबन्ध हटायो

spot_img

काठमाडौं । नेपालमा अब १०० भारतीय रूपैयाँभन्दा माथिका नोट पनि प्रयोग गर्न सकिने भएको छ। भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआइ) ले नेपालमा ठूला नोट चलाउन प्रतिबन्ध हटाएपछि यो व्यवस्था लागू भएको हो। आरबीआइका अनुसार, नेपाल र भुटानबाट भारत यात्रा गर्ने व्यक्तिले १०० भारूभन्दा ठूला नोट ल्याउन र भारत बाहिर लैजान सक्नेछन्।

नेपाल राष्ट्र बैंकले यस व्यवस्थालाई समायोजन गर्दै सूचना प्रकाशित गरेपछि नेपालमा पनि ठूला नोट सटही गर्न सकिने भएको छ। ठूला नोटको अधिकतम सीमा २५ हजार भारू तोकिएको छ। यसले भारतबाट नेपाल आउने पर्यटक र नेपालबाट भारत जाने विद्यार्थी तथा कामदारलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

सन् २००० मा लागू भएको विदेशी मुद्रा विनिमय व्यवस्थापन ऐन पश्चात नेपालमा ठूला भारतीय नोट प्रयोगमा थिएनन्। हाल भारतमा २००० भारूका नोट चलनमा भए पनि नयाँ नोट २०२३ देखि छापिएको छैन। त्यसैले हाल १०० भारूभन्दा माथि २०० र ५०० भारूका नोट मात्र चलनमा रहेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार