काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बुधबार काठमाडौंंबाट पक्राउ गरेको हो ।
भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दामा उनको नाम मुछिएसँगै आयोगले सोधपुछ गर्न नियन्त्रणमा लिएको जनाइएको छ । उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।
अख्तियारले महानिर्देशक अधिकारी, पूर्व महानिर्देशक मुरारी भण्डारी सहित ६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गर्न म्याद थपका लागि अदालत लगिएको छ ।

