गृहमन्त्रीसँग मन्त्रालय चलाउने क्षमता छैन भने मलाई दिनुस्, म देखाउँछु सुशासन – एमाले सांसद साह

spot_img

काठमााडाैँ । नेकपा एमालेका सांसद किरणकुमार साहले मुलुकमा सुशासन कायम हुन नसकेको भन्दै गृहमन्त्रीले गृह मन्त्रालय चलाउन नसकेकाे बताएका छन् । उनले गृह मन्त्रालय चलाउन चलाउन नसके एक महिनानका लागि आफूलाई दिन माग समेत गरे ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद साहले गृह मन्त्रीकाे लापरवाहीले मुलुकमा हत्या, लुटपाटजस्ता घटना बढिरहेको र कानुनको कार्यान्वयन गर्न सरकार असफल भएको र  जिकीर गरे ।

‘म स्पष्ट भन्छु– यो सबै गृहमन्त्रीको लापर्वाही र कमजोरी हो । यदि गृहमन्त्रीसँग मन्त्रालय चलाउने क्षमता छैन भने त्यो मन्त्रालय मलाई दिनुस्,’ साहले भने, ‘एक महिनाका लागि दिनुहोस्, म देखाउँछु सुशासन, संविधान कार्यान्वयन र कानुनी शासन भनेको के हो ।’

सांसद साहले आफू त्यसो गर्दा सफल नभएमा सांसद पदबाट राजीनामा दिने पनि बताए ।

सम्बन्धित समाचार

ताजा समाचार