वीरगञ्जमा कैदीकाे मृत्यु, आफन्तले गरे प्रदर्शन

spot_img

काठमाडौँ । पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ।

कैदीकाे मृत्यु भएपछि आफन्तले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

मंगलवार बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका साहकाे उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

आफन्तले भने कारागार प्रशासनले जानीजानी मारेको आरोप लगाएका छन् । भने शव नबुझ्ने बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार