सप्तकाेसीमा पानीकाे बहाव बढ्याे, १९ ढाेका खाेलिए

spot_img

काठमाडौँ ।  पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएकोले १९ ढाेका खाेलिएकाे छ।

सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

सप्तकोसी नदीमा बहाव बढेकाले ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको र खतराको संकेतस्वरूप रातो बत्ती बालिएको उनले बताए ।

 

सम्बन्धित समाचार

ताजा समाचार