उत्तराखण्ड बाढीमा बेपत्ता १३ नेपालीमध्ये १ जनाकाे शव फेला

spot_img

काठमाडौं । भारतको उत्तराखण्डका दुई भिन्न स्थानमा आएको बाढीमा बेपत्ता भएका १३ नेपालीमध्येका १ जना नेपालीकाे शव फेला परेको छ । शवको सनाखत गर्ने काम भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उत्तराखण्डकाे पौरी गढवालको बगुडामा साउन २१ गते आएको बाढीमा बेपत्ता भएका ५ नेपालीमध्ये एक जनाको शव भेटिएको हो ।

बगुडा बाढीमा पाँच नेपाली घाइते भएका थिए । घाइतेमध्ये तीनजना उपचारपछि फर्किएका छन् । दुई जनाको अहिले उपचार भइरहेको दूतावासले जनाएको छ ।

यस्तै, यही साउन २० गते ‘क्लाउड ब्रस्ट’ भई उत्तराखण्डको धरालीमा आएको बाढीमा ८ नेपाली हराइरहेका छन् । धराली बाढी प्रभावित १३ नेपालीको जीवितै उद्धार गरिएको थियो ।

 

सम्बन्धित समाचार

ताजा समाचार