बडीमालिका दर्शन गरेर फर्किने क्रममा भीरबाट लडेर तीर्थयात्रीको मृत्यु

spot_img

बडीमालिका दर्शन गरेर फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका– ५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेका छन् । बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा बिस्नेपानीनजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् ।

राति अबेर घटना घटेकाे र लगातार वर्षा भइरहेकाले खोल्सामा अड्किएको शव झिक्न समस्या भएको छ ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिएपनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार