काठमाडाैँ । बैशाखयताका साढे ३ महिनामा विपद्सम्बन्धी घटनामा परी ११२ जनाको मृत्यु भएको छ भने ५३४ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापक प्राधिकरणले जनाएकाे छ ।
यसबीचमा बाढी, पहिरो, वर्षा, आगलागीलगायत २ हजार ४५६ घटना भएको प्राधिकरणले जाएको छ । घटनामा २० जना बेपत्ता रहेका छन्।
विपद्का घटनाबाट ४ हजार ५०४ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

