काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने टिप्पणी गरेकी छन् ।
सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएकी हुन् । ‘खडेरी पर्यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन । चुरेको कुरा जोडिन्छ’, उनले भनिन् ।
श्रेष्ठको अभिव्यक्ति ७ साउनमा ओलीको मधेश भ्रमणलाई लक्षित छ । ओलीले मधेशमा खडेरीको अवस्था बुझ्न भ्रमण गरेका थिए ।
श्रेष्ठले प्रधानमन्त्रीका यस्ता कार्यले व्यावहारिक समाधान नहुने स्पष्ट पार्दै भनिन्, ‘मधेशमा भएको अभावलाई हेरौं । यसमा जोडिन्छ । निर्वाचनदेखि निर्वाचन हेरेर मात्रै समस्याको समाधान हुँदैन ।’
उनले सार्वजनिक जग्गामा आँखा नलाउन सरकारलाई आग्रह पनि गरिन् । वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफा खारेज गर्न उनले माग गरिन् ।
सांसद श्रेष्ठले ‘सार्वजनिक जग्गामा सरकारको आँखा नपरोस्’ भन्ने चेतावनी पनि दिइन् । साथै, उनले वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित केही दफा खारेज गर्न माग गर्दै तिनले स्थानीयको अधिकार कुण्ठित गर्ने आरोप लगाइन् ।

