काठमाडौं । काठमाडाैँ महानगरपालिकाले महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान गरे पाँचसय जरिबाना गर्ने भएकाे छ ।
हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्याधिक धुम्रपान गर्ने काम भएको जनगुनासा आएपछि साे जरीवाना गर्ने प्रावधान ल्याइएकाे हाे ।
तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ्ग गरे सबै किसिमका तीनपांग्रे सवारी साधन मोटरसाईकल स्कूटरलाई १ हजार जरिबाना गरिनेछ । सबै किसिमका चारपायें सवारी साधन (कार, जीप, डेलिभरी भ्यान)लाई २ हजार ५ सय जरिवाना गरिनेछ । मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिबाना गरिँदैछ ।
सबै किसिमका ठूला सवारी साधन । बस, ट्रकलाई ५ हजार जरिवाना गरिनेछ ।

