मधेस प्रदेशमा तत्काल पाँच सय ‘डिप बोरिङ’ जडान गरिने प्रधानमन्त्रीकाे घाेषणा

spot_img

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा तत्काल पाँच सय ‘डिप बोरिङ’ जडान गरिने घोषणा गरेका छन् ।

पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्कालै पाँच सय वटा डिप बोरिङ जडान उनले बताए ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ स्थित विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सातवटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको बताए । साथै उनले हवाई उडानमार्फत आउँदै गर्दा अधिकांश जमिन सुक्खा देखेकाे उल्लेख गर्दै मधेस प्रदेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार भएका पक्षसँग छलफल तथा समन्वय गरी यथाशक्य छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मधेस प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको पनि उल्लेख गरे ।

सरकारले मधेस प्रदेशलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार