बाजुरामा जिप दुर्घटना हुँदा २ जनाकाे मृत्य, १५ जना घाइते

बाजुराको हिमाली गाउँपालिका–५, किउडीमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्री बोकेकाे बा. प्र. ०३–००१ ज ०३३८ नम्बरको जिप दुर्घटना भएकाे हो ।

spot_img

बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा हिमाली गाउँपालिका–५ की ७५ वर्षीया बाजा रोकाया र ७५ वर्षीया विकरा रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।

बाजुराको हिमाली गाउँपालिका–५, किउडीमा बिहीबार (साउन ८) बिहान बा. प्र. ०३–००१ ज ०३३८ नम्बरको जिप दुर्घटना भएकाे हो । क्युडी गाउँबाट हिमाली–५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको हाे ।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्री बोकेर आएको जीप बढी भारका कारण कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

जीपमा सवारमध्ये १५ जना घाइते छन् । घाइतेको उद्धारका निम्ति हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थलमा पठाएको प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए ।

घटनाबारे बिहान ९ बजे प्रहरीलाई जानकारी आएकाे र टोली परिचालन गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरी टोली घटनास्थलमा पुग्न नसकेका कारण विस्तृत जानकारी प्राप्त नभएको प्रहरी निरीक्षक चौधरीले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार