काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ घुस डिल प्रकरणमा सुनिएकाे भ्वाइस टेष्टका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुगेकी छन् ।
उनीमाथि अख्तियारका अधिकारीले विहान १० बजेदेखि सोधपुछ शुरु गरेको बताइएकाे छ ।
मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बुझाएको हो ।
निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो ।
यसअघि पूर्वमन्त्री राजकुमार गुप्ताको पनि भ्वाइस टेष्टका लागि बोलाएको थियो। उनको मंगलबार भ्वाइस टेष्ट गरिएको हो। यस घुस प्रकरणमा संलग्न भनिएका सुजन लामासँग अख्तियारले बयान लिइसकेको छ।

