मधेश प्रदेश खडेरी र सुक्खाको मारमा, ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

मधेसमा पानी नपरेर सुख्खा भएको, पर्याप्त पानी भरण हुन नसकेको, मुहान सुकेको, पानीको चरम अभावका कारण सिँचाइमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाको माग गरीएकाे थियो । 

spot_img

काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले तीन महिनाका लागि मधेस प्रदेशका ८ वटै जिल्लालाई विपद संकटग्रस्त घोषणा गरेको हो ।

यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । मधेश प्रदेश अहिले खडेरी र सुक्खाको मारमा परेको छ । पानीको कमीले खानेपानी र सिंचाइ प्रणालीमा समेत प्रभाव परेको छ । भूमिगत पानीका स्रोतहरु इनार, ट्युबवेलमा पानी नआउँदा स्थानीय समस्यामा छन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रमेश लेखकले विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेका हुन् ।

मधेस प्रदेश सरकारले मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्नका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मधेसमा पानी नपरेर सुख्खा भएको, पर्याप्त पानी भरण हुन नसकेको, मुहान सुकेको, पानीको चरम अभावका कारण सिँचाइमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाको माग गरेको थियो ।

गृह मन्त्रालयका अनुसार अहिले मधेसमा कुल क्षेत्रफलको ४६ प्रतिशत जमिनमा मात्रै रोपाइँ सकिएको छ। सुख्खाका कारण उत्पादनमा समेत ह्रास आउने भनेर संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार