काटमाडाैँ । गत असार महिनामा मात्र २ हजार ९ सय २२ सवारी साधन दुर्घटनामा परेकाे प्रहरी तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा परेर एकै महिनामा २ सय ३९ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा १ सय ८६ पुरूष, ३६ महिला र १७ जना बालबालिका रहेका छन् ।
त्यस्तै सवारी दुर्घटनामा परी ६ सय २५ जना गम्भीर घाइते भएका छन्र भने ३ हजार ४ सय ९१ जना सामान्य घाइते भएका छन् ।
सवारि दुर्घटनाकाे मुख्य कारण तिव्र गतिमा सवारी चलाउनु रहेकाे प्रहरीले जनाएकाे छ । बेलुका ६ बजेदेखि राति १२ बजेसम्म सबैभन्दा बढी सवारी दुर्घटना भएका छन् ।
त्यस्तै ४ हजार ४ सय २८ वटा सवारि साधन दुर्घटनामा संलग्न रहेकाे प्रहरीकाे तथ्याङ्कमा उल्लेख गरीएकाे छ । सबैभन्दा बढी माेटरसाइकल दुर्घटना भएका छन् ।


