काठमाडाैँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुईजना चिनियाँ नागरिक पक्राउ गरेकाे छ ।
ठमेलको ज्याठास्थित एक होटेलबाट उनीहरू पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

