काठमाडौं । रसुवा बाढीले बगाएर पूर्ण रूपमा अवरूद्ध भएकाे नेपाल–चीन रसुवागढी नाकामा अस्थायी मितेरी पुल निर्माण सुरु भएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमा आइतबार एक भिडियाे पोस्ट गर्दै अस्थायी पूल निर्माण भइरहेकाे जानकारी गराएको हो ।
यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीचको भेटमा दसैं अगाडि नै अस्थायी रूपमा मितेरी पुल सञ्चालनमा ल्याउनेबारे छलफल भएको थियो । साे छलफलमा चीनले पुल निर्माणको प्रतिबद्धता गरेको समेत मन्त्रालयले जनाएको थियो ।

